हिउँबाट चिप्लेर खसेका व्यक्तिको एपीएफ टोलीद्वारा उद्वार

08th May, 2017
मुस्ताङ, मुस्ताङ जिल्लाको बारागाउँ मुक्तिक्षेत्र गाउँपालिका २ स्थित थोरङ्ग भन्ने स्थानमा हिउँबाट चिप्लिएर करीव ६० मिटर तल खोचमा खसेका एक जना भारतीय पर्यटकलाई एपीएफ टोलीले बैशाख २५ गते सकुशल उद्वार गरेको छ । मुस्ताङ घुम्न आएका भारतको कोलकत्ता घर बताउने ६० वर्षिय देवनारायण चक्रवती हिजो साँझ हिउँमा चिप्लिएर पहाडको खोचमा खसेको बताइएको छ । सो बारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुस्ताङबाट उद्वार कार्यको लागि तत्कालै एपीएफ टोली खटिएको थियो । सशस्त्र प्रहरी नायव निरीक्षक विश्वराज कुँवर क्षेत्रीको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई घाइते अवस्थामा फेलापारी सकुशल उद्वार गरेको हो । निज चक्रवतीलाई एपीएफ टोलीले उद्वार लगत्तै उपचारको लागि जोमसोम स्थित अस्पतालतर्फ पठाएको थियो ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)