करीव एकसय केजी गाँजा एपीएफ टोलीद्वारा बरामद

07th May, 2017
सप्तरी, सप्तरी जिल्लाको कंकालिनिमाई नगरपालिका १ स्थित भिट भन्ने स्थानबाट बैशाख २३ गते वेलुका एपीएफ टोलीले करीव एक सय केजी गाँजा बरामद गरेको छ । उल्लेखित गाँजा त्यसठाँउमा रहेको बाँसघारीमा खाल्डो खनी लुकाइछिपाई राखेको अवस्थामा एपीएफ टोलीले फेला पारेको हो । बाँसघारीमा गाँजा लुकाई राखेको छ भन्ने सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियाबाट सशस्त्र प्रहरी उपरीक्षक भरतबाबु के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले खाल्डोबाट उल्लेखित परिमाणको ९५ पोका गाँजा बरामद गरेको हो । एपीएफ टोलीले बरामद गाँजा आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाएको छ ।