सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट दज्र्यानी चिन्ह प्रदान:

05th May, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेललाई बैशाख २२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका बीच दज्र्यानि चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को बैशाख २१ गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सो अवसरमा संगठनले रिक्त पदहरुमा यथासिघ्र पूर्ती गर्दै जाने नीति लिएको उल्लेख गर्नुहँुदै राष्ट्र, नागरिक र संगठनप्रति पु¥याएको योगदान र मेहनतको कदर स्वरुप यस्ता अवसर प्राप्त हुने चर्चा गर्नुभयो । उहाँले संगठनको उन्नती प्रगतिको लागि सामुहिक प्रयास र भावनाको खाँचो रहने चर्चा गर्नुहँुदै कार्यक्षेत्रमा भाइचारा, आपसी सद्भाव, सहकार्य र समन्वयात्मक ढंगबाट अगाडी बढ्दै सकारात्मक सोचकासाथ इमान्दारीपूर्वक प्राप्त जिम्मेवारीलाई पुरा गर्न निर्देशन दिनुभयो । निर्वाचनमा सुरक्षा प्रदान गर्न सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट उत्कृष्ट योगदान पु¥याउने चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले निर्वाचन सुरक्षामा व्यावसायिक ढंगबाट सकृयताकासाथ कटिबद्ध रहन सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो । उहाँले निर्वाचन सुरक्षाको लागि मुलुकका विभिन्न ठाउँहरुमा सशस्त्र प्रहरी बल परिचालित रहने चर्चा गर्नुहँुदै सामान्यदेखि संवेदनशिल तथा अति संवेदनशिल क्षेत्रहरुमा सशस्त्र प्रहरी बलको टोली तैनाथी रहने उल्लेख गर्नुभयो । देशको विभिन्न ठाउँबाट सशस्त्र प्रहरी परिचालनको लागि माग हुनुले संगठनको शिर उच्च भएको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनले हासिल गरेको यस्ता सफलता र उपलब्धीहरुलाई कायम राख्दै आगामी दिनमा अझै व्यावसायिक ढंगबाट दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सो समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठ लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल लगायत सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)