एपीएफ टोलीद्वारा एयर गनसहित तीन जना पक्राउ

23rd April, 2017
झापा, झापा जिल्लाको मेचीनगरपालिका ६ बाट एपीएफ टोली र स्थानीय प्रहरीले बैशाख ९ गते एक थान अवैध एयर गनसहित तीन जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको दार्जिलिङ घर बताउने राजु साह, अजय गुरुङ्ग र अजित महतो छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त हतियारसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद हतियारसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।