एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ

21st April, 2017
महोत्तरी, महोत्तरी जिल्लाको मटिहानी गाँउपालिका ४ स्थित मटिहानी बजारबाट बैशाख ७ गते एपीएफ टोलीले करीव साँढे आठ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । मटिहानी गाँउपालिका ५ बस्ने ३२ वर्षिय राजेश साहलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मटिहानीबाट खटिएको एपीएफ टोलीले उक्त गाँजासहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक रामु खड्काको कमाण्डमा गस्तीमा रहेको एपीएफ टोलीले सो ठाँउमा जाँच गर्ने क्रममा निज साहलाई उल्लेखित परिमाणको गाँजासहित पक्राउ गरेको हो । बरामद गाँजासहितै उनलाई आवश्यक कारवाहीको लागि एपीएफ टोलीले इलाका प्रहरी कार्यालय मटिहानीमा बुझाएको छ ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)