एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुई जना पक्राउ

18th April, 2017
कैलाली, कैलाली जिल्लाको भजनी नगरपालिका ४ स्थित बिजुलियाबाट बैशाख ४ गते राति एपीएफ टोली तथा स्थानीय प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षिय रामबहादुर चौधरी र २९ वर्षिय रामरामु चौधरी छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुलाई राति करीव साँढे आठ बजे त्यसठाउँको जंगलबाट लोड अवस्थामा रहेको उक्त भरुवा बन्दुकसहित पक्राउ गरेको हो । त्यसवेला निजहरुले प्रयोग गरेको से. ३ प. ७८८४ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद हतियार तथा मोटरसाइकलसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE

2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS