एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

18th April, 2017
खोटाङ, खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ स्थित हाटडाँडामा बैशाख ५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । स्थानीय राजन खड्काको घरमा रहेको ‘देविस्थान कपास फ्याक्ट्री’मा ग्याँस सिलिण्डर पड्किन गई सो आगलागी भएको र आगलागीबाट फ्याक्ट्रीमा रहेका सामाग्रीसहित करीव २३ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङबाट खटिएको एपीएफ टोली तत्कालै सो ठाउँमा पुगी आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।