चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा सम्पन्न

04th April, 2017
काठमाडौं, चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोक स्वयम्भुमा मंगलबार विहान सशस्त्र प्रहरी बलको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले विशेष कार्यक्रमका बीच पूजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलोपूजा कार्यक्रममा एपीएफ अधिकृत तथा जवानहरुबाट पूजाअर्चना एवं मौलो परिक्रमा गरिएको थियो । विहान ७ वजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलोपूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुन बीच सुरु भएको उक्त पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलार्ई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बलका विभिन्न इकाईहरुमा चैतेदशैंको अवसरमा आजै यस किसिमको निशान तथा मौलोपूजा वैद्धिक विधिपूर्वक सम्पन्न भएको छ ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा