सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठबाट गुल्मपति तथा स्टाफ तालिमको समापन

05th March, 2017
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. १७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको फागुन २२ गते एक समारोहका वीच समापन गर्नुभयो । सोही अवसरमा उहाँले आइतबारबाटै सशस्त्र सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालन हुने सि.सं. १८ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन समेत गर्नुभयो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सो तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णबहादुर बिष्ट उत्कृष्ट प्रशिक्षार्थी ठहरिएका छन्भने सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बमले सोधपत्रतर्फ प्रथम स्थान हासिल गरेका छन् । समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठनमा संचालन हुने पेशागत तालिमहरु मध्ये गुल्मपति तथा स्टाफ तालिमको विशेष महत्व रहने चर्चा गर्नुहुँदै मध्यमस्तरका अधिकृतहरुका लागि यो कोर्ष अति नै उपयोगि रहेको बताउनुभयो । उहाँले स्थापनाकालदेखि नै सशस्त्र प्रहरी बलले म्याण्डेटबमोजिमको कार्यलाई सशक्त रुपले पुरागर्दै समाजमा आफ्नो छुट्टै प्रतिष्ठा कायम गरिसकेको उल्लेख गर्नुहुँदै सामूहिक भावना र भाइचाराको सम्बन्ध कायम राख्दै आगामी दिनमा संगठनको छविलाई अझै उचाईमा पु¥याउन त्रुटिरहित एवं प्रभावकारी तवरबाट दायित्व पुरागर्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी कर्मचारीहरुको वृहत्तर हित र करियर व्यवस्थापनमा ध्यान पु‍र्‍‍‍‍‍‍‍‍याउदा वृत्तिविकासको लागि आवश्यक कार्ययोजनासहित कामकारवाही गरिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सरुवा, बढुवा, तालिम लगायतका अन्य अवसरहरुलाई संगठनले पारदर्शी रुपमा अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो । निर्वाचनमा खटिनको लागि शारिरिक एवं मानसिक रुपमा तयार रहन निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले भन्नुभयो– ‘हामीले व्यक्तिगत इच्छा आकंक्षालाई थाति राखी जस्तोसुकै चुनौतीका अगाडि पनि जोसजाँगर र हौसलाका साथ काम गर्नुपर्छ ।’ उहाँले तालिममा हासिल गरेका पेशागत ज्ञानसीपले कार्यक्षेत्रमा प्रशिक्षार्थीहरुलाई अझै उत्कृष्ट भूमिका निर्वाह गर्न सहयोग पु‍र्‍‍‍‍‍‍‍‍याउनुका साथै लक्ष्य प्राप्तीको दिशामा समेत सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा तत्कालिन मात्रै नभएर आगामी दिनहरुमा आउन सक्ने चुनौतीलाई सामना गर्दै संगठनको आवश्यकता र उदेश्य परिपूर्ति गर्न सक्षम अधिकृत उत्पादन गर्नेतर्फ तालिम केन्द्रित रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखराका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले सि.सं. १७ गुल्मपति तथा स्टाफ तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै १२ हप्ता अवधिको उक्त तालिममा ७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक तथा २६ जना सशस्त्र प्रहरी निरीक्षक गरी कूल ३३ जना प्रशिक्षार्थीहरुले सफलता हासिल गरेको जानकारी गराउनु भएको थियो । यसैगरी सशस्त्र सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालिम केन्द्र ककनीमा संचालन हुने सि.सं. १८ गुल्मपति तथा स्टाफ तालिममा कूल ३२ जान सशस्त्र प्रहरी निरीक्षकहरु सहभागि रहेको सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कृष्णभक्त ब्रम्हाचार्यले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नेक्रममा उल्लेख गर्नुभयो । संगठनको उच्चस्तरको तथा एपीएफ अधिकृतहरुको बृत्तिविकासको लागि महत्वपूर्ण मानिने गुल्मपति तथा स्टाफ तालिमको प्रशिक्षण कार्य कमाण्ड तथा व्यवस्थापन, काउन्टर इन्टेलिजेन्स, अप्रेशन अफ वार, ट्याक्टिस, अपराध नियन्त्रण, मानवअधिकार, संगठनको कामकारवाही, सुरक्षा लगायतका विविध विषयमा केन्द्रित रहेको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय प्रेमकुमार शाही र प्रकाश ओझा लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना