एपीएफ टोलीद्वारा लागूऔषधसहित एक जना पक्राउ

23rd February, 2017
सिरहा, सिरहा जिल्लाको इनरुवा ८ बाट एपीएफ टोली तथा स्थानीय प्रहरीले फागुन १२ गते लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोहि जिल्लाको लाहान नगरपालिका १९ बस्ने १८ वर्षिय दिपेन्द्रकुमार शाहलाई ६ सय मिलि लिटर कोरेक्ससहित पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट इनरुवाबाट खटिएको एपीएफ टोलीले को. ४ प ९७४७ नम्बरको मोटसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज शाहलाई उल्लेखित लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका शाहलाई बरामद लागूऔषधसहित एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।