सशस्त्र प्रहरी नायव महानिरीक्षक के.सी.बाट विशिष्ट व्यक्ति सुरक्षा तालिमको समापनः–

22nd February, 2017
काठमाडौं, सशस्त्र प्रहरी नायव महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल बगलामुखी विशेष कार्यदल गण हल्चोकमा संचालित सि.सं.३८ विशिष्ट व्यक्ति सुरक्षा तालिमको फागुन ११ गते एक कार्यक्रमका बीच समापन गर्नुभयो । उहाँले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । दुई महिना अवधिको सो तालिममा सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी उत्कृष्ट प्रशिक्षार्थी ठहरिएका छन् । समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बललाई प्राप्त म्याण्डेटहरु मध्ये ‘विशिष्ट व्यक्तिको सुरक्षा’ अत्यन्तै महत्वपूर्ण जिम्मेवारीको रुपमा रहेको चर्चा गर्नुहुँदै राज्यले सुम्पेको जिम्मेवारीलाई संगठनले सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता व्यावसायीक प्रशिक्षणले पेशागत क्षमता, ज्ञान, विवेक र काम गर्ने तौरतरिकामा समयानुकूल परिवर्तन ल्याउनुका साथै वृत्तिविकासमा समेत टेवा पु¥याउने उल्लेख गर्नुहुँदै तालिम प्राप्त जनशक्ति कर्तव्यबोधका साथ जस्तोसुकै जोखिमयुक्त कार्यक्षेत्रमा पनि निर्भिकतापूर्वक दायित्व निर्वाह गर्नसक्ने बताउनुभयो । सामूहिक भावनाका साथ एकढिक्का भएर अनुशासित ढंगबाट कर्तव्यपथमा परिचालित हुन तालिम मार्गनिर्देशको रुपमा रहने बताउनुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक के.सी.ले भन्नुभयो–‘तालिमको दौरानमा सिकेका ज्ञानकौशललाई अधिकत्तम उपयोग गर्दै हामीले हाम्रा पेशागत कामकारवाही सशक्त ढंगबाट गर्दै आएकाछौं ।’ सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राघवसिंह थापाले धन्यवाद ज्ञापनको क्रममा कार्यक्षेत्रमा आइपर्न सक्ने चुनौतीको सामना गर्दै कार्यगर्न सक्ने जनशक्ति उत्पादन गर्ने अभिप्रायले संचालित यस्ता तालिमलाई आगामी दिनमा अझै सुदृढ र परिमार्जन गर्दै समयसापेक्ष ढंगबाट अगाडी बढाइने उल्लेख गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामराजा बस्नेतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त तालिममा आठजना एपीएफ अधिकृतसहित कूल ४४ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, मानवअधिकार र मानवीय कानून लगायतका विषयवस्तुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको कुरा त्यसअवसरमा जानकारी गराइएको ।

RECENT NOTICE ...more

2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-24 - 2017-08-15
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.APF/NCB/G/01/2074/075 (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-07-13
Chief Medical Support Section, P-5
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
2017-07-10
सशस्त्र प्रहरी निरीक्षक पदको गुणमापक परीक्षाको नतिजा प्रकाशन।
2017-07-09
कार्य सम्पादन मूल्याङ्कन फारम सम्बन्धी सूचना
2017-07-04
सशस्त्र प्रहरी जवानहरुको सरुवा
2017-07-03
Notice for Enlistment
2017-07-03
प्राविधिक सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको पदस्थापन सम्बन्धमा
2017-07-03
सशस्त्र प्रहरी सहायक हवल्दारहरूको सरुवा सम्बन्धमा