गृहसचिव रेग्मीबाट सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई दज्र्यानी चिन्ह प्रदान

14th February, 2017
काठमाडौं, गृहसचिव लोकदर्शन रेग्मीले सशस्त्र प्रहरी बलको सर्वोच्च पद सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका सिंहबहादुर श्रेष्ठलाई मंगलबार गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ नेपाल सरकार मन्त्रिपरिषदको यहि फागुन १ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएको हो । महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बलको नेतृत्व सम्हाल्दै अग्रज नेतृत्व वर्गले थालनी गरेको कार्यलाई निरन्तरता दिदै सवैको सल्लाह सुझाव अनुरुप अगाडी बढ्ने बताउनुभएको छ । उहाँले संगठनलाई प्राप्त म्याण्डेट अनुरुप अगाडी बढ्ने कुरा समेत बताउनुभएको छ । गृहमन्त्रालयमा मंगलबार आयोजित उक्त विशेष समारोहमा गृहसचिव रेग्मीले राज्यले सुम्पेको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले उपलब्धिमूलक ढंगबाट पुरागर्दै आएको चर्चा गर्नुहुँदै नयाँ नेतृत्वले प्राप्त उपलब्धि र पूर्वज नेतृत्व बर्गले गरेका कार्यहरुलाई निरन्तरता दिदै परिणाममुखी कार्यसम्पादनमा कृयाशिल रहने विश्वास व्यक्त गर्नुभयो । ‘संगठनको सबैभन्दा ठुलो जिम्मेवारी र चुनौती राज्यले तपाईलाई सुम्पेको छ’, गृहसचिव रेग्मीले भन्नुभयो– ‘यसलाई पुरा गर्न राष्ट्र, जनता र संगठनलाई शिरमा राखेर अगाडी बढ्नुहुनेछ भन्ने विश्वास लिईएको छ ।’ नेतृत्व वर्गले संगठनका सकल दर्जा लगायत सबैको विश्वास जित्दै संगठनलाई सबैको आशा, भरोसा र विश्वासको केन्द्रविन्दुको रुपमा स्थापित गर्नुपर्ने बताउनुहुँदै गृहसचिव रेग्मीले भन्नुभयो–‘मातहत कर्मचारीको खुशी र पिरमर्कालाई ध्यान दिदै कार्य गर्न सक्ने नेतृत्व नै सधैं सफल ठहरिन्छ ।’ उहाँले दायित्व निर्वाह गर्ने शिलशिलामा सशस्त्र प्रहरी बललाई आवश्यक पर्ने सल्लाह, सुझाव, निर्देशन र सहयोग उपलब्ध गराउन गृहमन्त्रालय सधैं तयार रहेको कुरा समेत उल्लेख गर्नुभयो । नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले देश र जनताको सेवा र सुरक्षामा पेशागत इमान्दारिताकासाथ मन, वचन र कर्मले कर्तव्यनिष्ठ रहने उल्लेख गर्नुहुँदै संगठनलाई प्राप्त म्याण्डेट अनुसार अग्रजहरुले थालनी गरेका सकारात्मक कार्यहरुलाई निरन्तरता दिदै संगठन अगाडी बढ्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले राज्यको मूल्य, मान्यता र नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई अक्षरस पालना गर्दै सशस्त्र प्रहरी बल कार्यक्षेत्रमा कटिवद्ध रहने बताउनुहुँदै सुरक्षास्थिति र भूगोल अनुसार आवश्यक कार्ययोजना सहित संगठनका सम्पुर्ण राष्ट्रसेवकहरुलाई चलायमान ढंगले परिचालन गरिने उल्लेख गर्नुभयो । एपीएफ अधिकृत तथा जवानहरुको हितलाई ध्यानमा राख्दै वृत्तिविकास र कल्याणकारी कार्यहरु संचालन गरिने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकारले आफुलाई सुम्पेको जिम्मेवारीलाई पुरागर्न सबैको सहयोग र साथमा रहेर व्यक्तिगत क्षमताले भ्याएसम्म प्रभावकारी ढंगबाट लागिरहने बताउनुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ र दुर्जकुमार राई लगायत गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायत उच्च अधिकृतहरुको उपस्थिति रहेको थियो । सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले मंगलबार नै सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा पदबाहाली गर्नुकासाथै सशस्त्र प्रहरी बलका अधिकृत तथा बिल्लादार जवानहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । उहाँले कल्याणकारी कार्ययोजना, सरुवा, बढुवा, मिसन लगायताका विभिन्न अवसरहरुलाई पारदर्शी ढंगबाट अगाडी बढाउनुका साथै आर्थिक अनियमिता र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्वन गरिने चर्चा गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले नेपाल सरकार र नेपाली नागरिकको भरपर्दो सुरक्षा निकायको रुपमा सशस्त्र प्रहरी बललाई स्थापित गर्न आगामी दिनमा अझै मेहनत र त्यागका साथ कर्तव्य पथमा समर्पित रहन मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षकको उक्त निर्देशन सम्बोधनलाई सशस्त्र प्रहरी बलले प्रयोगमा ल्याएको ‘लाइभ भिडियो स्ट्रीमिङ’, इन्ट्रानेट तथा सशस्त्र प्रहरी संचारद्वारा देशभर सशस्त्र प्रहरी बलका इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ वि.सं. २०४४ साल चैत २९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक दर्जाबाट सेवा प्रवेश गर्नुभएको हो । उहाँ २०५८ साल बैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण हुनुभएको हो । त्रिभुवन विश्वविद्यालयबाट एमए गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले स्वदेश तथा विदेशमा गरी विभिन्न १९ वटा व्यावसायिक तालिम हासिल गर्नुकासाथै विभिन्न आठ वटा मानपदवी, अलंकार र पदकबाट सुशोभित हुनुहुन्छ । पिता केशव श्रेष्ठ र माता सेती श्रेष्ठको सुपुत्रको रुपमा वि.सं. २०१९ साल फागुन १५ गते काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले कार्यक्षेत्रमा उत्कृष्ट कार्यगरे वापत पटक–पटक गरी चार ग्रेड थप, पुरस्कार र प्रसंशापत्रहरु प्राप्त गर्नुभएको छ । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा र शैलेन्द्र खनाल लगायत एपीएफ अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना