एपीएफ टोलीद्वारा आगलागी नियन्त्रण

09th February, 2017
काठमाडौं, गोठमा बालेको घुरबाट आगलागी हुँदा पर्सा जिल्लाको लखनपुर ५ मा माघ २६ गते तीन वटा गोठ पुर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसठाउँका दरोगा यादवको गोठमा बालेको घुरबाट उक्त आगलागी भएको बताइएको छ । सो आगलागीबाट करीव सात लाख रुपैयाँ बरारबको क्षती भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश पोखरीयाबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासथ जुटेको थियो । एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा उक्त आगलगी पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १ मा माघ २५ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याईएको छ । सोही ठाउँमा रहेको आदुब हुसेनको सिरक डस्ना बनाउने उद्योगमा विद्युतीय तार सर्ट भई उक्त आगलागी भएको बताइएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव दश लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।

RECENT NOTICE

2017-05-18
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-17
राष्ट्रियस्तरको सिलबन्दी बोलपत्र आह्वानको सूचना (नेपाल ए.पी.एफ. अस्पताल)
2017-05-12
सशस्त्र प्रहरी निरिक्षक पदको लिखित परिक्षाको नतिजा प्रकाशन गरिएको सुचना
2017-05-11
पुराना जिन्सी मालसामानहरु र सवारी साधनहरुको लिलाम बिक्री सम्बन्धी सूचना।
2017-05-11 - 2017-05-25
राष्ट्रियस्तरको बोलपत्र आह्वानको सूचना नं.६/०१ (आ.प्र. निर्देशनालय, प्रबन्ध शाखा)
2017-05-08
सशस्त्र प्रहरी सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशन।
2017-05-02
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-30
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)