आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय

07th February, 2017
बारा, बारा जिल्लाको हरैया गाविस ९ गालापट्टीमा माघ २४ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोहि ठाउँमा रहेको उमेश पासवानको गोठमा बालेको आगोबाट अचानक आगलागी हुँदा नजिकै रहेका दशवटा फुसको घरमा समेत आगो सल्केको थियो । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश श्रीनगरपुरबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताका साथ जुटेका थियो । सो आगलागीबाट करीव १६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।