एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

07th February, 2017
काठमाडौं कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ चुन्टेघाट इलाकाबाट एपीएफ टोलीले माघ २४ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि उपमहानगरपालिका ३ शान्तिनगर बस्ने २० वर्षिय राजेश मग्राती छन् । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगरबाट खटिएको एपीएफ टोलीले निज मग्रातीलाई जाँच गर्दा उनको साथबाट स्पामो ट्याब्लेट २५ वटा र नाईट्रोभेट ट्याब्लेट ४ वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका मग्रातीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा गुल्म विरगंजबाट खटिएको एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १९ बाट करीव पाँच केजी चरेससहित भारतको कलकत्ता घर बताउने २५ वर्षिय एसके सदम हुसेनलाई पक्राउ गरेको छ । गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका निज हुसेनको साथमा उल्लेखित चरेस फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निजलाई एपीएफ टोलीले बरामद चरेससहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

RECENT NOTICE

2017-04-27
स.प्र.ज.हरुको स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS