महिला भलिबलमा एपीएफ र न्यू डायमण्ड फाइनलमा

01st February, 2017
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १६ गतेबाट संचालित ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ अन्तर्गत नेपाल एपीएफ क्लब र न्यू डायमण्ड एकेडेमी फाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लवले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१४, २५–१० र २५–१२ ले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । यसैगरी आजै सम्पन्न प्रतियोगिताको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लवलाई १९–२५, २५–१९, २५–१६ र २५–१३ ले पराजित गरेको छ । नेपाल एपीएफ क्लब र न्यू डायमण्ड एकेडेमी वीच प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ ।