महिला भलिबलमा एपीएफ र पुलिस क्लव सेमिफाइनलमा –

31st January, 2017
‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ अन्तर्गत नेपाल एपीएफ क्लव र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल एपीएफ क्लवले न्यू डायमण्ड एकेडेमीलाई २२–२५, २५–१२, २५–२२ र २५–३ ले पराजित सेमिफाइनलमा प्रवेश गरेको हो । यसैगरी आजै सम्पन्न प्रतियोगिताको अर्को खेलमा नेपाल पुलिस क्लवले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई २५–१२, २५–१९ र २५–२१ ले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि भएको खेलमा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई २५–२०, २५–१४ र २५–१४ ले पराजित गरेको थियो ।