सहवीर स्मृति खुल्ला लनटेनिसमा बज्राचार्य र राणा विजयी –

31st January, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा यही माघ १३ गतेदेखि संचालित ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ अन्तर्गत पुरुष एकलतर्फको खेलमा काठमाडौका समरक्षक बहादुर बज्राचार्य विजयी भएका छन् । मंगलबार सम्पन्न प्रतियोगितको फाइनल खेलमा बज्राचार्यले ए.आई.ए.का कुमार अधिकारीलाई ७–५, ७–६ ले पराजित गरेका छन् । यसैगरी महिला एकलतर्फको फाइनल खेलमा ललितपुरका मायांका राणाले पोखराकी गंगा शर्मालाई ६–४, ६–२ ले पराजित गरि महिला एकतर्फको उपाधी जितेकी छन् । प्रतियोगिताको ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका राजु क्षेत्रीले नेपाल एपीएफ क्लवका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले पराजित गरी विजयी भएका छन् । यसैगरी ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका कृृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४, ६–१ ले पराजित गरी विजयी भएका छन् ।