लनटेनिसमा विभिन्न इभेन्ट्सका फाइनल खेलहरु सम्पन्न –

30th January, 2017
काठमाडौं, सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ अन्तर्गत सोमबार विभिन्न इभेन्ट्सका फाइनल खेलहरु सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित लनटेनिस कोर्टमा आज सम्पन्न ५५ बर्षमाथि भेट्रान्स एकलतर्फको इभेन्ट्सको फाइनल खेलमा मनोज राणाले उत्तम थापालाई ६–२, ६–१ ले पराजित गरि बिजयी भएका छन् । प्रतियोगिताको इन्टर गभर्मेन्टल सर्भिस इभेन्ट्सको फाइनल खेलमा चन्द्र थापाले सिजर गुरुङलाई ६–०, ६–३ पराजित गरेका छन् भने ६५ बर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा दिपक श्रेष्ठले भिक्टोर शम्शेर जबरालाई ४–२, ४–० ले पराजित गरी बिजयी भएका छन् । यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा राजु श्रेष्ठले स्टेफन बर्बेउलाई ६–४, ६–० ले पराजित गरी विजयी भएका छन् । यसैगरी महिला युगलतर्फको फाइनल खेलमा गंगा शर्मा र आइरा रावतको जोडीले मायांका राणा र महिका राणाको जोडीलाई ३–६, ७–५ र १०–५ ले पराजित गरि विजयी भएको छ । यसैगरी पुरुष युगलतर्फको फाइनल खेलमा सन्तोष खत्री र संरक्षक बहादुर बज्राचार्यको जोडीले जितेन्द्र परियार र कुमार अधिकारीको जोडीलाई २–६, ६–२ र १०–६ ले पराजित गरि विजयी भएको छ । यसैगरी ४५ बर्षमाथि भेट्रान्स युगलतर्फको फाइनल खेलमा राजु क्षेत्री र दिगेन्द्र श्रेष्ठको जोडीले कृष्णराज घले र सूर्यभूषण बज्राचार्यको जोडीलाई ३–६, ६–४ र १०–५ ले पराजित गरेको छ । यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले आत्माराम कार्की र अनुज अरोराको जोडीलाई ६–४, ६–३ ले तथा श्रीराम मगर र सुभितमान श्रेष्ठको जोडीले निरेश श्रेष्ठ र सुकमान तामाङको जोडीलाई ६–२, ३–६ र १०–९ ले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फका खेलमा कृष्णराज घलेले आशिष सिग्देललाई ६–२, ६–२ ले र प्रताप मोक्तानले मनोज विक्रम शाहलाई ६–२, ६–१ ले पराजित गरि फाइनलमा प्रवेश गरेका छन् ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना