प्रधानमन्त्रीबाट सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त -

27th January, 2017
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. ११ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको माघ १३ गते सोहि महाविद्यालयमा आयोजित विशेष समारोहाका बीच दीक्षान्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालको सम्मानमा प्रशिक्षार्थी अधिकृतहरुले दिक्षान्त कवाज सलामी तथा इज्जत अर्पण कवाज प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक मौसम पोख्रेललाई खुकुरी प्रदान गर्नुभयो । उहाँले त्यसअवसरमा दिक्षान्त भई जाने प्रशिक्षार्थीहरुलाई बधाई दिनुहुँदै सशस्त्र प्रहरी बलले नयाँ–नयाँ चुनौतीहरुको सामना गर्न खरो उत्रने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बलका राष्ट्र सेवकहरुले सुरक्षा र उद्वार कार्यमा गरेको कार्यको प्रसंसा गर्नुहुँदै बलले समाजमा देखा परेका चुनौतीको सामना गर्न प्रचलित कानुनको परिधिभित्र रहि उत्कृष्ट तवरले जिम्मेवारी निर्वाह गरिरहेको बताउनुभयो । सृजनशिल र रणनैतिक योजनाकासाथ शान्ति सुरक्षामा अरु बढी कृयाशिल रहने अपेक्षा गर्नुहुँदै प्रधानमन्त्री दाहालले स्थानीय, प्रदेश र संघीय चुनावको लागि तयार रहन निर्देशन दिनुभयो । प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बललाई समयानुकुल स्रोतसाधन सम्पन्न बनाउन सरकार कटिबद्ध रहेको उल्लेख गर्नुहुँदै कुनै पनि बेला आई पर्न सक्ने विपद् प्रकोपबाट तत्काल उद्धार वा खोजी कार्यको लागि हरहमेशा तयार रहन निर्देशन दिनुभयो । कार्यक्रममा गृहमन्त्री बिमलेन्द्र निधिले शुभकामना मन्तव्यको क्रममा गौरवशाली संस्थाको रुपमा सशस्त्र प्रहरी बल रहेको उल्लेख गर्नुहुँदै राष्ट्रिय अखण्डतालाई जगेर्ना गर्न बलको विशिष्ट भूमिका रहने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट आर्जन गरेको ज्ञानले सक्षम बनाउने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी बलबाट सरकार र जनताले ठुलो आशा राखेको उल्लेख गर्नुभयो । गृहमन्त्री निधिले सिमित स्रोत र साधन भएपनि सरकार सधै सशस्त्र प्रहरी बलको साथमा हरेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्भिक भएर कुशलतापूर्वक काम गर्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले धन्यवाद ज्ञापनको क्रममा तालिम भन्दा कार्यक्षेत्र अझ बढि चुनौतिपूर्ण हुने उल्लेख गर्नुहुँदै कार्य क्षेत्रमा उत्कृष्ट कार्य गर्न शारीरिक तथा मानसिक रुपमा तयार रहनुपर्ने बताउनुभयो । उहाँले सक्षम र जिम्मेवार अधिकृतको रुपमा तालिमले परिस्कृत गरेको चर्चा गर्नुहुँदै लोभलालच र दोयषका भावनालाई आफुभन्दा टाढा राखि उच्च नैतिकवान भई पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक राईले बलका राष्ट्रसेवकहरु राज्य र जनताले आपेक्षा गरेअनुरुप कानुनको परिधिभित्र रहि निर्भिक र उच्च जिम्मेवारी बोधका साथ दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्नुहुँदै बृहत हित र जनताको अधिकतम सन्तुष्टिलाई केन्द्रमा राखेर अगाडी बढ्नु पर्ने बताउनुभयो । कार्यक्रममा सो महाविद्यालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै तालिमलाई सफल बनाउन परोक्ष र प्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैमा आभार प्रकट गर्नुभयो । गत वर्ष कार्तिक १० गतेबाट शुरु भएको उक्त सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिममा खुल्ला प्रतियोगिताबाट छनौट भएका १ जना महिला सहित कूल २४ जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

RECENT NOTICE

2017-04-27
स.प्र.ज.हरुको स्थायी आई.डि.नं. कायम गरिएको सम्बन्धमा
2017-04-26
APF SAAT Merit List 2017
2017-04-25
स.प्र.बल प्रधान कार्यालय प्रबन्ध शाखाको बोलपत्र संशोधन सम्बन्धी सूचना
2017-04-13 - 2017-05-14
बोलपत्र आव्हान वा e-bidding को सूचना (स.प्र.बल प्रधान कार्यालय)
2017-04-13
स.प्र.ब.ह./स.प्र.ह./स.प्र.स.ह पदमा बढुवा
2017-04-12
UN Forms
2017-04-12 - 2017-04-30
Supplementary Sheet to P-11 Form
2017-04-12 - 2017-04-30
Personal History_P-11 Form
2017-04-12 - 2017-04-30
Employment and Academic Certification(EAC) Form
2017-04-12 - 2017-04-30
EASP Form
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र रद्द गरिएको सूचना
2017-04-03
स.प्र.बल कल्याणकारी सेवा केन्द्रको बोलपत्र स्वीकृत गर्ने आशयपत्र सम्बन्धी सूचना
2017-04-03
राष्ट्रिय स्तरको बोलपत्र अाह्वानको सूचना नं ६ (सशस्त्र प्रहरी बल प्रधान कार्यालय)
2017-03-31
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस सुचना प्रकाशित गरीएको
2017-03-13
List of Skill Sets for AMS