आगलागि नियन्त्रणमा एपीएफ टोली सकृय

11th January, 2017
काठमाडौं, कास्की जिल्लाको पोखरा उप–महानगरपालिका ६ लेकसाइडको बाराहीचोकमा पौष २७ गते भएको आगलागी नेपाली सेना, एपीएफ टोली, स्थानीय प्रहरी तथा दमकलको सहायतामा स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् । सोहि ठाउँमा रहेको धमेन्द्रकुमार बाठाजुले संचालन गरेको थ्री स्टार होटलमा अचानक आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल कालिका गण मालेपाटन पोखराबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । उक्त आगलागीबाट सोहि रेष्टुरेण्टको तल्लो तलामा रहेको सनराईज बैंक लिमिटेडको एटीएम समेत जलेर क्षती भएको छ । सो आगलागीबाट करीव २ करोड पचास लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । यसैगरी सप्तरी जिल्लाको बनरझुला ६ कन्चीरामा पुस २६ गते आगलागी भई पाँच वटा फुसको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस ठाउँमा रहेको भग्लु ठाकुरको घरमा विद्युतीय तार सर्ट भई उक्त आगलागी भएको हो । सो आगलागीबाट करीव ७ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा बेश कडोरवानाबाट सशस्त्र प्रहरी निरीक्षक सुभास खड्काको कमाण्डमा एपीएफ टोली खटिएको थियो । एपीएफ टोली, स्थानीय प्रहरी र दमकलको सहायतमा स्थानीय वासिन्दाले उक्त आगलगी पूर्ण रुपमा नियन्त्रण ल्याएका छन् । यसैगरी सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ कटारीमा पौष २६ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी, स्थानीय जनता तथा दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । सोहि ठाउँमा रहेको किशोर साहको कपडा पसलमा विद्युतीय तार सर्ट भई आगलागी भएको बताइएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश मिर्चैयाबाट खटिएको एपीएफ टोली आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । सो आगलागीबाट करीव ४ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।

RECENT NOTICE ...more

2017-08-18
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा तथा पदस्थापन ।
2017-08-15
नयाँ भर्ना सम्बन्धी सूचना (सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर)
2017-08-11 - 2017-09-11
UN Vacancy P-3, P-4, P-5
2017-08-09
मौजुदा सूची (Standing List) मा दर्ता / अध्यावधिक भएका फर्म / कम्पनीहरुको विवरण
2017-08-04
सशस्त्र प्रहरी निरीक्षकहरूको अन्तिम नतिजा प्रकाशन ।
2017-08-03
सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा ।
2017-08-31
सशस्त्र प्रहरी नायब उपरीक्षकहरूको सरुवा ।
2017-08-03
सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा ।
2017-07-26
नयाँ भर्ना सम्बन्धी सूचना
2017-07-25
आ.ब. २०७४/०७५ मा खरिद गरिने पोशाकहरुको Specification
2017-07-12 - 2017-08-23
Police Planning Officer, P-4
2017-07-12 - 2017-08-22
Police Recruitment Officer, P-4
2017-07-12 - 2017-08-23
Police Officer, P-3
2017-07-12
म‍‍ाैजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना