एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद

09th January, 2017
रुपन्देही, सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म सुनौलीबाट खटिएको एपीएफ टोलीले पौष २५ गते करीव एक हजार दुई सय वटा बोईलर कुखुराको चल्ला बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त चल्ला गस्तीमा खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको बसन्तपुर गाविस ३ पननिबाट बरामद गरेको हो । त्यसवेला चल्ला ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै चल्ला छाडी भागेका थिए । एपीएफ टोलीले बरामद चल्ला स्थानीय पशुक्वारेन्टाइन कार्यालयका कर्मचारी तथा स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।