एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

06th January, 2017
कञ्चनपुर, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका १० गड्डाचौकीबाट एपीएफ टोलीले पौष २२ गते विहान करीब ३५ प्याकेट नेट्रोभेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका १० सुकासाल बस्ने २२ वर्षिय रामसिंह धामी र सोही जिल्लाको वेक्डाडी ६ खैरीघाट बस्ने २२ वर्षिय मदन गिरी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको एपीएफ टोलीले उल्लेखित लागूऔषधसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्ने क्रममा निजहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।